कसले भन्छ जनताले कर तिर्दैनन् ? (भिडियोसहित)

0
Shares

यदुप्रसाद भट्ट, काठमाडौँ ।

मंगलबार बिहानै सितापाइलास्थित यातायात कार्यालय अगाडि मानिसको घुइचो देखिएको छ ।कार्यालयको ढोकाबाट सुरु भएको मानिसको लाइन सडकको किनार हुँदै नदेख्खीने गरी पुछारसम्म पुगेको छ । कोरोना महामारीका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प भएकोबेला पनि दर्जनौँ मानिस सरकारलाई कर तिर्न लाम्बद्ध भएर उभिएका छन् ।

लकडाउनले सबै ठप्प भएपनि सरकार भने कर उठाउनमा व्यस्त देखिएको छ । कोरोना संक्रमणबाट दिनहुँ मानिसले ज्यान गुमाइरहँदा समेत सरकारले लकडाउन खुकुलो पारेर कर उठाउने निर्णय गरेको छ । यसैबीच पटक पटक जनताले कर नतिरेको समेत गुनासो सुनिएको थियो । तर, सितापाइलास्थित यातायात व्यवस्था कार्यालय अगाडिको दृष्यले भने यो कुरा गलत साबित गरिदिएको छ ।

कोरोना नियन्त्रणकै लागि खर्च भएको भनिएको अर्बौ रकमको हिसाब त सरकारले बाहिर ल्यायो तर हिसाब अनुसार काम गरेको भने अझै देखिएको छैन । यसैबीच कर उठाउन खुकुलो बनाइएको लकडाउनमा पनि जनताले भने आफ्नो दायित्व बिर्सेका छैनन् ।

तस्वीर/ भिडियो : यदुप्रसाद भट्ट