पहिरो खस्दा तीन जनाको मृत्यु


कविराज नेपाल, पाल्पा ।

बाटो चौडा गर्ने क्रममा कमजोर वनेको सडक खण्डमा माथिबाट पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।
तीनदिनदेखि लगातार परेको पानीका कारण यहाँ सोमवार विहान देखी नै पहिरोले बाटो अबरुद्ध वनाएको जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले चारवटा गाडि बगाएको हो ।

पाल्पा गुल्मी सडक खण्डमा पर्ने पाल्पाबाट गुल्मी तर्फ जादै गरेको ४ वटा सवारी साधन (नीजी कार,ट्रक,वोलेरो जीप र ट्याक्टर) लाई सडक देखि माथिबाट पहिरो आई बगाई लगेको र त्यसमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकाले केही समयदेखी बाटो चौडा गरेको थियो । सोही स्थानमा माथिबाट पहिरो खस्दा गाडि बगाएको हो । पहिरो करिव डेढ सय मिटर लामो छ ।

सवारी साधन बगाउँदा २ जनाको शव घटनास्थलमै फेला परेको थियो भने एक जना गम्भीर घाइते भइ उद्धार गरिएकोमा तानसेन स्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्य’ भएको हो । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।

सो स्थान सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डमा पर्दछ । दिउसो करिब ४ः ३० बजेको समयमा पहिरोले गाडि बगाएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी नायव उपरीक्षक मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटाइएको थियो ।

जिप्रकाले दिएको जानकारी अनुसार लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ङ्रक, र लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको वताइएको छ । साँभmसम्म सिम सिम पानी परेको र अध्यारो भएकोले उद्धारमा कठिनाई भएको पाल्पा प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा अन्य केही व्यक्तिहरु पनि पुरिएको आशंका गरिएको छ ।

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। उहाका अनुसार एउटा ती गाडी क्षतविक्षत अवस्थामा थिए भने एउटा गाडी भीरमा अड्किएको अवस्थामा थियो । पुरिएका गाडी भएको ठाउँमा समेत पुग्न प्रहरीलाई निकै कठिन भएको थियो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । उद्धारकै क्रममा माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकोले उद्वार कार्यमा प्रहरी र स्थानीयलाई निकै कठिनाई भएको थियो ।

तानसेन बाट रिडि तम्घास तर्फ जादै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था पुन पहिरो झरी सवारी साधन बगाएको पाल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनु भयो ।

सोमवार साँझसम्म प्रहरी स्थानीय वासिन्दा नेपाली सेना समेत उद्धारमा लागेका भए पनि अध्यारो भएको र पुन बर्षा शुरु भएकोले भिर बाट माटो बग्न थालेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी स्थानीयवासीहरु पनि आ आफ्नो घर फर्किएका छन ।