मुकेश अम्बानी संसारकै नवौँ धनी व्यक्ति

0
Shares

एजेन्सी ।

भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजका कार्यकारी प्रमुख मुकेश अम्बानी संसारकै नवौँ धनी व्यक्ति बनेका छन् ।

ब्लुम्बर्ग बिलिओनरिज इन्डेक्सले अम्बानीको ६४।५ बिलियन डलर बराबरको सम्पत्ति रहेको खुलाएको छ । उक्त इन्डेक्सका अनुसार विश्वका सर्वाधिक १० धनीमा पर्ने उनी एक्ला एसियाली व्यक्ति हुन् ।

उनको सम्पत्ति गत वर्षभन्दा ५।८८ बिलियनले बढेको छ ।