नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन पूर्वप्रेमीकाको विभत्स हत्या

0
Shares

एजेन्सी ।

आफ्नी नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन एक युवकले आफ्नै पूर्वप्रेमीकाको हत्या गरेका छन् ।

२० वर्षीय अलेक्सी पेट्रोभले पूर्व प्रेमी अनास्तासिया पोसपोल्भालाई जंगलकाबीच गला दबाएर हत्या गरेका छन् । पेट्रोभ र उनकी नयाँ प्रेमिका येकातेरिना कर्पोवाले अन्नास्टासियालाई दक्षिण नोभेसिबिर्स्क क्षेत्रको सुजुन गाउँ नजिकैको जंगलमा पार्टी राखेको भन्दै बोलाएका थिए । अन्नास्टासिया राजी भए पछि उनीहरुले जंगलमा गएर बोनफायर बनाए र रक्सी पिउन थाले ।

स्थानीय मिडियाका अनुसार पेट्रोभले आफ्नो खल्तीबाट चक्कु निकाले र अनास्तासियालाई घाँटीमा पटक पटक प्रहार गरे । सहयोगका लागि कराएकी अन्नास्टासियाउन आफ्नो बचाउमा लागिन् तर पेट्रोभले अन्नास्टासियाको छातीमा गोली हाने गला दबाएर हत्या गरे ।

त्यसपछि पेट्रोभ र कर्पोवाले शवलाई झाडीमा लुकाएर अनास्तासिया हराएको नाटक गरेका थिए । त्यसको लगत्तै, पुलिसले अनास्तासियाको शरीर फेला पारेपछि घटना बाहिर आएको हो ।