कोरोना निको हुने भन्दै पास्टरले बाँडे पशुको औषधी, ५ हजार मानिस सिकिस्त

0
Shares

एजेन्सी ।

कोरोना भाइरस निको हुने भन्दै क्रिश्चियन समूह इभान्जेलिकलका पास्टरले अमेजनमा बस्ने मानिसलाई पशुमा फैलिएको संक्रमण निको पर्ने इभेरमेक्टिन औषधी दिएका छन् ।

जसका कारण औषधी प्रयोग गरेका ५ हजार मानिस मुटु रोग र झाडापखालाले सिकिस्त बनेका छन् । जनावरमा प्रयोग हुने खोपलई कोरोनाविरुद्धको औषधी बताउदै उक्त समूहका त्यहाँका ५ हजार बासिन्दामा परीक्षण गरेको मिरर डट को यूकेले जनाएको छ । उक्त क्रिश्चियन समूहले कोरोनालाई आत्मा वा पिचास रहेको जनाउदै आएको छ ।

यस्तो कार्यपछि पेरूको स्वास्थ्य मन्त्रालयको मेडिसिनको सामान्य व्यवस्थापनले इभेरमेक्टिनको प्रयोगको बारेमा चेतावनी दिएको छ । यो औषधी मानवमा प्रयोग गर्न नहुन मन्त्रालयले जनाएको छ ।