पुनः लकडाउन हुने सम्भावना ?


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ ।

लगभग ८० दिन लकडाउन गरेपछि लकडाउन खुकुलो बनाइएको छ । २०७६ चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सरकारले जेठ ३२ गतेदेखि खुकुलो बनाएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी घोषणा गरेको लबडाउनमा सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो ।

लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको संख्या भने बढेर गइरहेको छ । यसरी कोरोनाको संख्या बढ्दे जाँदा पुनः लकडाउन हुने हो कि भन्ने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक तातोपानी सेवन गर्ने, बेसार अदुवा जस्ता औषधीजन्य आहार सेवन गर्ने, व्यायाम गर्ने र भौतिक दूरी कायम गर्ने विषयलाई जोड दिँदै आएका छन् । त्यसैले लकडाउन नहुने हो कि भन्ने पिन केहि भन्ने गरेका छन ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो लकडाउन नहुने संकेत गर्दै जुन क्षेत्रमा कोरोना फैलिन्छ त्यो ठाउँमा सिल गर्ने गरी काम भइरहेको बताउँछन् ।

कोरानासँग लड्न लकडाउनको रणनीति परि सर्वसाधारणको जनजीवन सहज बनाउने, भौतिक दूरी कायम गर्न सचेतना पैदा गर्ने, औषधीजन्य आहार, व्यायाम आदिमा जोड गराउने नीति सरकारले अघि सारेको पाइएको छ ।

क्वारेन्टिनको अनुगमन तथा समन्वयका लागि सहरी राज्य मन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई दिएको केन्द्र सरकारले अब देशभरिका क्वारेन्टिनलाई थप सुधार गर्ने र त्यसको अनगुमन तथा सहजीकरणको काम प्रदेश सरकारलाई सुम्पिएको छ ।