लागूऔषध कारोबारको नयाँ शैली, नक्कली लिङ्गभित्र कोकिन

0
Shares

एजेन्सी ।

नक्कली लिङ्गभित्र लुकाएर ल्याएको कोकिनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

जमैकाबाट आएका उनी बेल्जिएमको विमास्थलमा पक्राउ परेका हुन् । ब्रिट नाम गरेका सो व्यक्तिलाई नजिकैको अस्पतालमा लगेर जाँच गर्दा उनको नक्कली लिङ्गबाट एक सय २७ ग्राम कोकिन फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । पक्राउ परेका उनलाई ३६ महिना जेल सजायको माग गरिएको छ ।

बयानमा भने ती व्यक्तिले आफू जमैकामा रहदा एक परिचित व्यक्तिलनै कोकिन दिएको बताए । स्वास्थ्य जाचँमा उनी किड्नीका बिरामी भएको समेत पुष्टि भएको छ । उनको स्वास्थ्य खराब भएकाले उनलाई ३६ महिना जेल सजाय गर्न नहुने अर्को पक्षले जनाएको छ ।

उनलाई २४ जुनमा जेल चलान गरिने भएको छ ।