कोरोना संक्रमित १० हजार नजिक


काठमाडौँ, (नेस) ।

कोरोना संक्रमणले फैलने क्रम तीव्र बनेको छ । सोमबारसम्म नेपालमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार थप ५ सय ३५ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म २ हजार १ सय ४२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने कोरोना संक्रमण ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म रसुवामा कोरोना संक्रमित फेला परेका छैनन् ।