शुल्क उठाउने र बिद्यार्थी भर्ना गर्ने काम तत्काल बन्द गर्नु : शिक्षा मन्त्रालय

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाको जोखिमका कारण विद्यालयमा विद्यार्थी भर्ना नगर्न र शुल्क नउठाउन शैक्षिक संस्थाहरुलाई पुनः निर्देशन दिएको छ।

निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको हो ।

सोमबार शिक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्याव्सन र एन प्याव्सनद्वारा असार ७ गते जारी वक्तव्यमा ध्यानाकर्षण भएको भन्दै ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ विपरितका क्रियाकलाप नगर्न/नगराउन अपील गरेको छ।