पर्यटन मन्त्री भट्टराई सहभागी भर्चुअल मिटिङमै एकाएक पोर्न भिडियो बजेपछि…

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको कोभिड १९ पछि पर्यटकीय गतिबिधि सञ्चालन गर्न तयार पारिएको प्रोटोकलका बिषयमा छलफल चलिरहेका बेला पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा एकाएक पोर्न भिडियो बजेको छ । नेपालीहरुमाझ लोकप्रिय बन्दै गएको जुम मिटिङ एपमार्फत् उक्त छलफल कार्यक्रम सोमबार आयोजना गरिएको थियो ।

सोमबार दिउँसो १ बजे भर्चुअल मिटिङमा मन्त्री भट्टराईले आफ्ना धारणाहरु राख्ने क्रममा एक्कासी पोर्न भिडियो र पोर्न भिडियो हेर्न प्रयोग गरिने साईट देखिएको थियो । पोर्न भिडियो बजेलगत्तै मन्त्रीको बोली नै बन्द भएपछि मिटिङ अन्त्य गरिएको थियो ।

हाल घटनाको छानबिन भईरहेको पर्यटन बोर्डले जनाएको छ । उक्त छलफल कार्यक्रममा करिब २०० जना भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । यसअघि बैंकिङ क्षेत्रका हाईप्रोफाईल ब्यक्तिहरु सहभागी कार्यक्रममा पनि यस्तै घटना घटेको थियो ।