भारतिय राष्ट्रपतिको शुभकामना


नयाँदिल्ली,(एजेन्सी)

अन्तर्राष्ट्रिय योग दिवसको उपलक्षमा भारतिय राष्ट्रपति रामनाथ कोभिन्दले सबैलाई शुभकामना तथा बधाइ दिएका छन् । उनले प्राचीन योग विज्ञान मानव जगतका लागि भारतको अमुल्य उपहार सावित भएको बताएका छन् ।

कोभिन्दले भनेका छन् , ‘ अधिकांश मानिसले योगलाई आफ्नो जीवनको अंग बनाइरहेकोमा मलाई खुशी लागेको छ । संघर्ष र तनावकोबेला ,अझै भन्ने हो भने विशेषगरी वर्तमान कोभिड – १९ महामारीकोबेला शरिरलाई स्वस्थ र मनलाई शान्त राख्न योगाभ्यास सहायक सिद्ध हुनेछ । ’

यसैबिच भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले ट्विटरमा लेखेका छन् , ‘ हिन्दुहरुको महान धार्मिक ग्रन्थ गीतामा कृष्णले भनेका छन् – ‘ योगः कर्मसु कौशलम् ’ अर्थात कर्मको कुशलता नै योग हो । ’