कन्सलटेन्सी क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न इक्यानको माग


न्युज अफ नेपाल, काठमाडौँ । 

शैक्षिक परामर्श संघ (इक्यान)ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग गरेको छ । संघले शिक्षा, विज्ञान तथा प्रविधि आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउदै सो माग गरेको हो ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गर्दा फागुन महिनादेखि नै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बन्द गरेको र लकडाउनका कारण हालसम्म पनि कार्यालय सञ्चालन गर्न नसकिएको भन्दै यस क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग गरेको छ ।

संघका अध्यक्ष प्रकाश पाण्डेले बन्दाबन्दी केही खुकुलो भएपनि हालसम्म अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात सुचारू नभएकोले व्यवसाय सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाले भन्नुभयो– महामारीको संकट अझै लम्बिने देखिएकाले व्यवसायको सञ्चालनको अनिश्चितता बढेको छ, त्यसैले सबैभन्दा बढी प्रभावितमध्येको एक क्षेत्र पनिभएकाले अति प्रभावित क्षेत्रको सूचीमा राख्नमाग गरेका हौं ।

इक्यानले लकडाउनका कारण कार्यालय बन्द रहेको र आर्थिक क्रियाकलाप नभएकाले घर भाडा तिर्नका लागि कठिनाई उत्पन्न भएको अवस्थामा भाडामा छुट गरिदिन समेत माग गरेको छ ।

बन्दावन्दीको शुरुमै सरकारले गत चैत महिनाको घरभाडा मिनाहा गर्न भनेकाले सम्वन्धित घरधनीहरुसंग लकडाउन अवधिभरको घरभाडामा अधिकतम सहुलियत दिन अपिल गर्दैछौं,’ इक्यानद्वारा ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ ।

इक्यानले बन्दाबन्दीको समयमा सदस्यहरुको कार्यालय सञ्चालन नभएको अवस्थामा इन्टरनेटको प्रयोग नभएकाले त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका कम्पनीको हकमा लकडाउन अवधिको शुल्कबाटै नयाँ अवधिलाई समायोजन गर्न माग गरिएको छ । त्यसैगरी टेलिफोन सेवा समेतको उपयोगको शुल्क समेत मिनाहा वा समायोजन हुनुपर्ने माग गरेको छ ।

इक्यानले जारी विज्ञप्ति मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट विद्यार्थीहरुले लिएको ऋण कोभिड–१९को कारण सदुपयोग गर्न नपाएकाले विशेष सहुलियतको लागी अनुरोध गरेको छ ।

‘विद्यार्थीहरुले भर्ना प्रक्रिया पूरा गर्न नसकेको, भिसाको प्रतिक्षामा रहेको वा भिसा प्राप्त भएपछि यात्रागर्न नपाएको अवस्था रहेको हुँदा शैक्षिककर्जाको प्रक्रिया जे जस्तो अवस्थामा रहेको भएपनि त्यसमा लाग्ने ब्याज, सेवा शुल्क र कर्जा अवधि समेतलाई विशेष सहुलियतका दिन माग गरेका छौ–संघका अध्यक्ष दीपकराज भुषालले भन्नुभयो ।

इक्यानले यस संकटको समयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट प्राप्त सकारात्मक उत्प्रेरणा, बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको सहजीकरण, विभिन्न सेवा प्रदायक संघ संस्था तथा व्यक्तिको मित्रवत व्यवहार प्रतिहार्दिक आभार व्यक्त गरेको छ ।

 

Press Release 2077.03.08