१ लाख ५० हजार डलर पर्ने जुत्ता

0
Shares

लन्डन,(एजेन्सी) ।

सत्तरी दशकको शुरूमा युनिभर्सिटी अफ ओरेगनका एकजना धावकका लागि विश्वप्रसिद्ध जुत्ता निर्माण कम्पनी नाइकका सह–संस्थापकले हातबाटैबनाइदिएको जुत्ता आगामी लिलाममा १ लाख ५० हजार अमेरिकी डलरमा बिक्री हुने अनुमान नाइक कम्पनीले गरेको छ ।

लिलाम गृह सोथविजका अनुसार नाइकका सहसंस्थापक विल बोअरम्यानले सो ऐतिहासिक जुत्ता आफ्नै हातले बनाएका थिए । त्यतिबेला उनी युनिभर्सिटी अफ ओरेगनमा ट्रयाक प्रशिक्षकको रूपमा काम गर्दथे ।

उनको टोलीबाट दौड्ने जोह्न मेज नामक धावकका लागि तलुवामा कँँडाको जस्तो डल्ला भएका सो जुत्ता बनाइएको थियो । त्यतिबेलादेखि नै यो जुत्ता मेजले आफूसँगै राखेका थिए । बोअरम्यान र फिल नाइटले सन् १९६४ मा ब्ल्यु रिब्बोन स्पोर्टस् नामक कम्पनी स्थापना गरेका थिए । पछि सन् १९७१ मा यसलाई ‘नाइक’ नाम दिइयो ।