चार दिनसम्म रिपोर्ट नआउँदा अस्पतालमै थुनिए स्वास्थ्यकर्मी, अस्पताल ठप्प

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

दोस्रो दिनमै आउने भनिएको कोरोना परिक्षणको रिर्पोट चार दिन सम्म नआएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी अस्पतालमै थुनिएर बस्न बाध्य भएका छन भने अस्पतालको सेवा सुचारु हुन सकेको छैन ।

गण्डकी प्रादेशिक प्रयोगशालामा शुक्रबार पठाइएको स्वास्थ्यकर्मी र सम्पर्कका अन्य ब्यक्तिहरुको रिर्पोट सोमबार बिहान सम्म पनि आउन सकेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ नै सबै स्वास्थ्यकर्मीको नमुना परिक्षण सक्ने बताएपनि चौथो दिन सम्म पनि सबै स्वास्थ्यकर्मीको रिर्पोट सार्वजनिक हुन सकेको छैन ।

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना संक्रमण भएपछि अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ भने स्वास्थ्यकर्मीको नमुना प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको छ । रिर्पोट कुरेर बस्दा चार दिन सम्म पनि आउन नसक्दा कतिपय स्वास्थ्यकर्मी अस्पतालमै थुनिएर बस्नुपरेको मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । अस्पतालको सेवा सुचारु गर्न र संक्रमणको अबस्था यकिन गर्न पनि प्रयोगशालाबाट छिटो रिर्पोट आउन आबश्यक छ । शुक्रबार साँझ सम्ममा सबैको रिर्पोट आउने भनिएको तर शनिबार साँझ २३ जनाको मात्र रिर्पोट आएको डा। देबकोटाले बताउनुभयो ।

अस्पताल भित्र ४५ जना स्वास्थ्यकर्मीहरु रिर्पोट कुरेर बसीरहेका छन् । ५ जना स्वास्थ्यकर्मीहरु माउन्टेन भ्यू होटलको क्वारेन्टाइनमा छन् भने ५ जना ब्लू एन्जल होटलको आइसोलेसनमा छन् । शुक्रबार संक्रमण पुष्टि भएका मध्ये पर्वत अस्पतालका दुई चिकित्सक, एक जना नर्स र कार्यालय सहयोगी रहेका छन । त्यसबाहेक स्वास्थ्य कार्यालय अन्र्तगत कार्यरत एक जना ल्याब टेक्निसियन रहेका छन भने आइतबार स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका परिवारका सदस्य र एक जना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रादेशिक प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा दुई जना संक्रमित चिकित्सकको रिर्पोट नेगेटिभ आएको छ ।

यसैबिच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माले पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरुको नमुना परिक्षणको रिर्पोट आज दिउँसो सम्ममा आइसक्ने बताउनुभएको छ । निर्देशक डा. शर्माले परिक्षण करिब सकिएको र पून परिक्षण गर्नुपर्दा केही ढिलाई भएको बताउनुभयो । आज १२ बजे सम्म आइसक्छ ढिला भयो भने पनि साँझको रिर्पोटमा आउने छ । प्राथमिकतामा राखेर परिक्षण गर्दा पनि ल्याबमा पुनपरिक्षण लगायतका कामले ढिलाई भएको उहाँले बताउनुभयो ।