भारतमा कोरोना संक्रमणबाट १३ हजार ७०३ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।

भारतमा २ लाख ३७ हजार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्