कोरोना संक्रमित ९ हजार नाघे


काठमाडौं, (नेस)

नेपालमा कोरोना संक्रमण फैलने क्रम तीव्ररूपमा बढ्दो क्रममा छ । आइतबारसम्म नेपालमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ४ सय २१ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४ सय २१ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घन्टामा १ सय ९४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म १ हजार ७ सय ७२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।