आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ९ हजार २६ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या९ हजार २६ पुगेको छ । आज १९४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

आज थपिएका संक्रमितहरुमध्ये ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । हालसम्मका कूल संक्रमितहरुमा ८३० जना महिला र ८२०६ जना पुरुष रहेका छन् ।

जसमध्ये ८ जना महिला र १८६ जना पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या १७७२ रहेको । आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

मृतक गुल्मीका ६९ बर्षीय पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।यस्तै हालसम्म नेपालका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।