सरकारले सहयोग नगरेपछि अभिभावकसंग अपिल

शुल्क तिर्न ताकेता

14
Shares

ईश्वरराज ढकाल,काठमाडौं ।

निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावककसंग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको छ । विद्यालय सञ्चालन गर्न कठिन पर्दै गएको र सरकारले समेत कुनै सहयोग नगरेको अवस्थामा अभिभावकसंग गुहार मागेको हो ।

दुई संस्थाले विद्यालयमा नयाँ विद्यार्थीहरु भर्ना तथा शैक्षिक सत्र २०७७ मा अध्ययन गर्ने विद्यार्थीहरुको तथ्याङ्क अध्यावधि गरी शैक्षिक लगायत अन्य गतिविधिमा शिक्षक–कर्मचारीहरु परिचालन गर्नका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्न नेपाल सरकारका तर्फबाट आजका दिनसम्म कुनै पनि प्रकारको सहयोगको आश्वासन समेत प्राप्त नभएको अवस्थामा अभिभावकसंग आग्रह गरेको हो ।

प्याब्सनका महासचिव कुमार घिमिरेले सरकारले कुनै किसिमको सहयोग नगरेको कारण बाध्य भएर अभिभावकसंग आगह गरेको बताउनुभयो । भन्नुभयो( हामीले अहिलेसम्मको शुल्क मागेका होइनौ , अभिभावकसंस सक्दो आर्थिक सहयोग गर्न अपिल गरेका हौ ।

निजी विद्यालयको एक मात्र आर्थिक श्रोत विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकवर्गको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुदाँ बाचौं र बचाऔंको मर्मलाई ख्याल गर्दै अभिभावकसंग सहयोग माग गरेका हौँ ।

पछिल्लो समयमा नेपालका अधिकांश ठूला विद्यालयले कक्षा १ देख माथिल्लो कक्षाको भर्ना लिने र जेठ महिनासम्मको शुल्क समेत उठाउन थालेपछि साना विद्यालयलाई टिकाउन दुई संस्थाले अभिभावकका साथ खोजेका हुन् ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले देशका विद्यालय चल्नै नसक्ने अवस्था आएपछि र सरकारले सहयोग वचन दिएतापनि हालसम्म कुनै सहयोग नगरेपछि बाध्य भएर अपिल गरेको बताउनुभयो । यस अघि प्याब्सन अध्यक्ष पुरी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले अर्थमन्त्री डा. युवराज खतिवडासंग भेट गदाृ सहुलियतपुर्ण ऋण उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको थियो । सरकारको खोक्रो आश्वासनबाट केही नभएपछि प्याब्सन र एन प्याब्सनले अपिल गरेको हो । अभिभावकबाट सकारात्मक सहयोग प्राप्त नभएमा निजी विद्यालयहरु अत्यन्तै जटिल अवस्थामा पुगि सम्पूर्ण शैक्षिक गतिविधिहरु समेत प्रभावित हुने जनाउँदै सहयोगको याचना गरिएको छ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कर्मचारी र शिक्षकलाई तलब खुवाउने, घरभाडा, बैक, बित्तियसंस्थाको ऋण तिन र प्रविधि प्रयोग गरी कक्षा सञ्चालन गर्न रकम आवश्यक परेको कारण बाध्य भएर अपिल गरिएको बताउनुभयो । भन्नुभयो( विद्यालय बन्द गर्नुपर्ने सम्मको अवस्था आएपछि अभिभावको साथ खोजेका हौँ ।

सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थित भई आ–आफ्ना छोरा–छोरीको नयाँ तथा पुरानो अभिलेखीकरण गराउने, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयलमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी र सहयोगी भई विद्यालयलाई अधिकतम सहयोग गर्न अपिल गरेका छन् ।

यसअघि इष्टु र अभिभावक महासंघले शुल्क उठाएर विद्यालयको आर्थिृक व्यवसथापन गर्न अपिल गरिसकेको छ । प्याब्सन र एन प्याब्सन अन्तर्गत करिब ८ हजार निजी विद्यायल आबद्ध छन् । दुई संस्था अन्तर्गत अन्र्तत करिब २ लाख शिक्षक कर्मचारी कार्यरत छन् । सरकारी भनाई अनुशार निजी विद्यालयले करिब ३० प्रतिशत क्षेत्र ओगटेको छ ।

दुई संस्थाले सरकारले एसईई परीक्षाको अन्तिम मुल्याकन विद्यालयले गर्ने निर्णयको स्वागत गरेका छन् । तथ्याकन अनुसार साना विद्यालयका अधकांस विद्यालयले शैक्षिकसत्र २०७६ सालको शुल्क तिरेका छैनन् । भने नया शैक्षिक सत्र शुरु हुनुभन्दा अघिनै लक डाउन भएकोले भर्ना प्रकृया समेत शुरु गर्न पाएका छैनन् ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले शुल्क तिर्छु भनेर निज िविद्यालयमा पढाएपछि अप्ठ्यारो परेको समयमा आफ्नो विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुयो । इष्टुका अध्यक्ष होमकुमार थापाले शिक्षक र कर्मचारीलाई तलब खुवाउन शुल्क लिनुको विकल्प नभएको बताउनुभयो ।