रुपन्देहीको तिलोत्तमा नपामा नेपालकै पहिलो बायोटेक प्रविधिको सार्वजनिक शौचालय संचालन

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाए संचालनको शुभारम्भ गरेको छ ।

बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो ।

शौचालय संचालन संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेरमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको मेयर घिमिरेले बताउनु भयो ।

उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभारमा ध्यान दिन जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।
मेयर घिमिरेले शंकरनगर खानेपानीले अहिले बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडकमा बनाए जस्तै नगरपालिकाले आउने समयमा नगरपालिकाको क्षेत्र भरी र आवश्यक पर्ने सार्वजनिक स्थलमा बायोटेक प्रविधीको सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो ।

शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको अध्यक्ष हरि प्रसाद तिवारीले बताउनु भयोे ।

खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख खर्च गरि सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका बायोटेक प्रविधीका शौचालय संचालनमा ल्याएको अध्यक्ष तिवारीले बताउनु भयोे ।

भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो ।

४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाँच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनन्त्त समयसम्म पुग्ने प्रविधी हो ।

साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।

खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको समेत अध्यक्ष तिवारीले बताउनु भयो ।व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको संस्थाकी सचिव सावित्रा अर्यालले बताउनु भयो ।

२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका अध्यक्ष राम बहादुर जिसीले बताउनु भयो । त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको छ ।

सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलले बताउनु भयो । विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अ‍ै घण्टा खानेपानी उपलब्ध गराउदै आएको छ ।