‘सुशान्तको मृत्युमा पत्रकार समेत संलग्न’

0
Shares

नयाँदिल्ली, (एजेन्सी) ।

भारतको वलिवुडका चर्चित अभिनेत्री कँगना रणावतले हालै आत्महत्या गरेका सुशान्त सिंह राजपुतकाबारे ट्विटर मार्फत सिंहको घटनालाई पत्रकारहरुको कुकृत्यसंग जोडेर अभिव्यक्ति दिएकी छिन् ।

ट्विटरमा भिडिये क्लिप मार्फत उनले भनेकी छन् , ‘ सुशान्तका पिता , उनकी लामो समयदेखि पार्टनर रहेकी अँकिता र सुशान्तलाई लन्च गरेका तथा हालै ‘ केदारनाथ ’ चलचित्रमा काम गरेका अभिषेक कपुरले उनी चलचित्र उद्योग पत्रकारहरुले चलाउने अनावश्यक र निराधार हल्लाको कारण मानसिक रपमा निकै विचलित रहेको बताएका छन् । मुभि माफियाले पालेका करिव ३ हजार भरौटे पत्रकाहरुले नियतवश कलाकारहरुले लखेट्ने गरेका छन् । ’

यस टिव्टरमा कंगनाले संचार संस्था र तिथीसमेत उल्लेख गर्दै ‘ सुशान्तले सँधै सेक्स गर्दा आफ्नै गीत सुन्ने गरेको , ‘सुशान्त ट्रक ड्राइभर जस्तो देखिने , ‘ उनले एउटा पार्टीमा एकजना निर्देशकको टाउकोमा काँचको बोटल प्रहार गरकोे तथा ‘ उनले आफ्नै सह कलाकारलाई बलात्कार गरेकाले उनी जेल पुग्ने ’ जस्ता कुरा लेखेको रहस्योद्घाटन गरेकी छन् ।

रणावतले त्यस्ता पैसामा बिक्ने पत्रकारहरुले कानुनी कारवाहीबाट बच्न नाम उल्लेख नगरी आफ्नो शिकारको हुलिया वर्णन गर्दै हल्ला फैलाउने गरेको बताएकी छन् । साथै कंगनाले आफुलाई पनि एक पटक एकजना स्वतन्त्रता सेनानीको पक्षलिँदा चारजना वरिष्ठ पत्रकारले खेदेको अनुभव सुुनाएकी छन् ।