निजी क्षेत्रका विद्यालयका शिक्षकले तलब पाएनन्


न्युज अफ नेपाल, काठमाडाैँ ।

काेराेना महामारीका कारण बन्दाबन्दी भएसँगै विगत तीन महिनादेखि शिक्षकहरूले तलब पाउन सकेका छैनन् ।  निजी क्षेत्रका विद्यालयहरूकाे विद्यार्थीबाट लिइने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकले तलब पाउन नसकेका हुन   ।

देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन छन् । निजी क्षेत्रका अधिकांश विद्यालयले वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेपनि असार लाग्दासम्म तलब नपाएकाे शिक्षकहरू बताउछन ।