पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५०४ पुग्यो

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण भएको छ ।कुस्मा नगरपालिकाका २७ र ३२ बर्षका पुरुषमा संक्रमण भएको हो । संक्रमित भारतबाट फर्केका होइनन ।

यस अघि ५ जना स्वास्थ्य कर्मी सहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन ।यस्र्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । गण्डकीमा पर्वत बाहेक बागलुङ, म्याग्दी र तनहुँमा गरि १६ जदना संक्रमितहरुको थपिएका छन । संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।