आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका मध्ये २८२ पुरुष र ४९ जना महिला रहेका छन् । यो संगै देशभर कूल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

कूल कोरोना संक्रमितहरुमध्ये ७५६ महिला र ७ हजार ८ सय ४९ पुरुष छन् । शनिबार १७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्ये १८ महिला र १५८ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा १५७८ जना कोरोना जितेर घर फर्कि सकेका छन् ।हालसम्म देशभरका ७४ जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको छ । पछिल्ल्लो समय नेपालमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ ।