सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी दर्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ ।

जाहेरीमा गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । उक्त कानुनमा राज्यविरुद्ध कसुर ठहर भएका जोकोहीलाई जन्मकैदको सजाय हुने व्यवस्था छ ।

गिरीले नेपाली भूमी लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन्।