घर फर्केका ७ जनामा पुनः कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

पश्चिम नवलपरासीको पाल्हि नन्दनमा आईसोलेशनबाट घर फर्केका ७ जनामा पुन : कोभिड १९ पुष्टि भएको छ ।

विहिबार जिल्ला स्वास्थ्य प्रमुख, प्रदेश सांसद सहित जन प्रतिनिधिले खादा ओडाएर मिठाई ख्वाई विदाई गरिएका उनीहरुमा शुक्रबार दोहोरिएर नतिजा पोजेटिभ आएको हो ।

अघिल्लो पटक संकमण देखिएर गाउंपालिकाकै आईसोलेशनमा १४ दिन बसेका उनीहरुमा स्वाव परीक्षण गर्दा पुनः कोरोना संक्रमण देखिएको हो । यसै सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल फलोअप टेस्टमा पोजेटिभ देखिए पनि उनीका बारेमा कोही आत्तिनु नपर्ने वताउनु हुन्छ ।

कोभिड १९ स्वास्थ्य नियम अनुसार आइसोलेशनमा १४ दिन रहदा सम्म कसैमा कुनै स्वास्थ्य समस्या नआए विदाई गर्न सकिने प्रावधान अनुसार उहांहरुलाइं विदाई गरिएको हो ।

घरमा गई ७ दिन सम्म पारिबारिक सम्पर्कबाट टाडा रही होम आईसोलेशनमा बस्ने सुझाव सहित पठाइएकोले संक्रमितहरु घरमै रहन सक्ने स्वास्थ्य प्रमुख ढकालले बताउनु भयो ।

संक्रमितमा कुनै स्वास्थ्य समस्या आईहाले अस्पताल पठाउने हो अन्यथा वहाहरु घरमै बस्नुहुन्छ ढकालको भनाई रहेको छ ।
आईसोलेशनबाट घर फर्केकामा पुन कोरोना संक्रमणको खवरले स्थानीय भने संशकित भएकाछन् । पाल्हि नन्दन गाउंपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता घर फर्कने हरुमा पुन कोरोना पोजेटिभ देखिएको भन्ने खवरले आफुलाई दुखित बनाएको बताउनु हुन्छ ।

वहांले भन्नु भयो पुःन संक्रमणको खवरले गाउंले संशकित हुनु स्वभाविक भए पनि संक्रमितहरु आफू विचलित नभई आत्मवलका साथ आफ्नो स्वास्थ्य र सतर्कता प्रति जिम्मेबार वनि दिए पुग्छ ।

भारतबाट आएका सबै संक्रमित गाउकै क्वारेन्टाईनमा बसेका बेला लिइएको स्वाव परीक्षण गर्दा कोभिड १९ पुष्टि भए पछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशनमा १४ दिन राखिएको थियो ।

आईशोलेशनमै रहदा संकलन गरिएको नमूना स्वाव प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाईएकोमा नतिजा एकै दिन ढिलो गरी शुक्रबार आएको हो ।

यसै गरी संक्रमितहरुले माडेको सुर्ती मागेर खाएको आशंकामा यहीको क्वारेन्टाईनबाट आरडिटी नेगेटिभ भई घर पुगेका अर्का १ युवकलाई आईसोलेशनमा राखिएको छ ।

घर पुगेर बसी सकेका उनमा टे्रसिड.गका आधारमा क्वारेन्टाईन ल्याई स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
उनी संगै पाल्हि नन्दनमा १२ जनामा कोभिड १९ पुष्टि भएको हो । जस मध्ये ७ जना घर फर्केका हुन् भने नयां १ सहित ५ जना आईसोलेशनमा रहेकाछन् ।