नवलपरासी पूर्वमा १७ जना नयाँ संक्रमित थपिए

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा शनिबार एकै दिन १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाए अनुसार पहाडी बुलिड.टारमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुलिड.गटार गाउंपालिका वडा नं. ३, ४ र ६ नम्वर वडाका १७ देखि ४१ वर्ष उमेर समूहका पुरुषहरुमा संक्रमण देखिएको छ ।

यसै गरी भरतपुर प्रयोगशालाका अनुसार बौदिकाली मा १, विनयी त्रिवेणीमा १, देवचुली २ र मध्यविन्दु नगरपालिकाको २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु अहिले आ आफ्नै गाउंको क्वारेन्टाईनमा रहेको र उनीहरुलाई प्राकृतिक चिकित्सालयको आईसोलेशनमा लैजाने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्वी नवलपरासीमा हाल सम्म १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा शनिबार विहान सम्म ५८ जना नयां संक्रमित देखिएका हुन् यो संगै गण्डकीमा कोरोना पोजेटिभ को संख्या ४ सय ३८ पुगेको छ ।