तनहुँमा एक वर्षीय बालकसहित २५ पुरुषमा कोरोना पुष्टि

0
Shares

मिला दरै, तनहुँ ।

एक वर्षीय बालक सहित तनहुँमा एकै दिन २५ पुरुषमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । शनिबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २१, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको दुई÷दुई जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेकामा कोरोना पोजिटिभ देखिएको हो ।

ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक वर्षे बालकदेखि सहित २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ऋषिङ गाउँपालिकाका २८,२८,२८,३७,२०, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३, २०, २३, २४ र २८ वर्ष उमेर समूहका हुनुहुन्छ । कोरोना संक्रमण भएका सबै पुरुष रहनुभएको छ ।

त्यस्तै व्यास नगरपालिकाको दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहनुभएका एक जना र ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका एक जनामा कोरोना पोजिटिभ देखिएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । सोतीका अनुसार व्यासका २४ र २८ वर्षका युवामा कोरोना पोजिटिभ देखिएकोे छ ।

शुक्लागण्डकी नगरपालिकाको ३५ र २२ वर्षका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँहरु सबै सम्बन्धीत क्वारेन्टाइनमा रहेकाले आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । तनहुँमा शनिबार बिहानसम्म ६८ जनामा संक्रमण भएको छ भने दुई जना निको भएर घर फर्किसक्नुभएको छ ।

गण्डकी प्रदेशमा ४३८ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार ५८ जना संक्रमित थपिएसँगै शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

तनहुँमा २५, नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा १६, बाग्लुङमा ८, गोरखा ५, कास्की दुई र म्याग्दी र स्याङ्जामा एक÷एक जनामा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

तनहुँमा २५ जना पुरुषमा रहनुभएको छ । जिल्लाको ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा र शुक्लागण्डकी नगरपालिकामा २/२ जना संक्रमित थपिएका छन् । यस्तै, नवलपुरको बुलिङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा एक, मध्यविन्दु नगरपालिकामा दुई, विनयत्रिवेणी गाउँपालिकामा एक र देवचुली नगरपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखाको भीमसेन नगरपालिकामा पाँच र म्याग्दीको मालिका गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको होल । कास्कीको मादी गाउँपालिका एक पुरुष र एक १९ महिने बालिकामा संक्रमण देखिएको छ । यस्तै, स्याङजाको एक पुरुष र बाग्लुङको काठेखोला गाउापालिकाका सात पुरुष र एक महिलामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । शनिबार ५८ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।