गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।