राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै पैदल र सवारीबाट ७७ वटै जिल्लामा राति हिँडडुल गर्न रोक लगाएको हो । त्यस्तै, विवाह, व्रतबन्धलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।