लागुऔषधसहित दुई जना पक्राउ

0
Shares

सुभेन्द्र दास, लहान ।

सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार ईलाका प्रहरी कार्यालय लहान र प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त गस्ती टोलीले भगवानपुर गाउँपालिका–३ स्थित अभ्यनगरमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको सोही वडाका २१ वर्षिय वलि यादव र भारत मधुबनी ललमनिया ग्राम पंञ्चयात बस्ने २० वर्षिय छोटु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बोरामा लुकाइ छिपाई ल्याउदै गरेको डाईलेक्स डिसी १०० डिसीको ७० बोतल, नर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाइजील्याव ३० एम्पुलसहित पक्राउ परेको हो ।

पक्राउ परेको दुबै जनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।