प्रदेश ५ मा लकडाउन शुरु भएपछि २८४ जनाले गरे आत्महत्या

0
Shares

यमलाल भुसाल, बुटवल ।

कोभिड १९का कारण भएको लकडाउनको करिव ३ महिनामा प्रदेश ५ मा २८४ जनाले आत्महत्या गरेको कहाली लाग्दो तथ्याङक सार्वजनिक भएको छ । प्रदेशमा हरेक दिन आत्म हत्या हुने गरेको छ ।

गत चैत ११ गते देखि असार ४ गते विहिवारसम्मको ५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरले दिएको तथ्याङक अनुसार उक्त अवधीमा विष सेवनवाट ५४, झुण्डिएर २२७ र पानीमा हामफाली ३जनाले आत्महत्या गरेको घटना दर्ता भएका छन ।

५ नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारका अनुसार प्रदेशको दाङ जिल्लामा सवैभन्दा बढी १०३ जनाले आत्म हत्या गरेका छन भने सवै भन्दा कम पुर्वि रुकुममा ४ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।

उक्त अवधीमा १५४ जना पुरुष र १३० जना महिलाले आत्म हत्या गरेका छन । उम्मेरको हिसावले सवै भन्दा बढी २५ देखि ४५ वर्ष उम्मेर समुहकाले आत्म हत्या गरेको प्रहरीको रेकडले देखाएको छ । प्रदेशको जिल्लागत रुपमा रुपन्देही जिल्लामा विष सेवनवाट १२ झुडिएर ४२ जनाले आत्म हत्या गरेकोमा ३० जना पुरुष र २४ जना महिला रहेका छन । त्यस्तै पश्चिम नवलपरासीमा विष सेवनवाट ६ र झुडिएर १२ र पानीमा डुवेर १ जना रहेकोमा पुरुष १० र महिलाको संख्या ९ रहेको छ । पाल्पा जिल्लामा झुडिएर १६ जनाले आत्महत्या गरेकोमा ११ जना पुरुष र ५ जना महिला रहेका छन ।

त्यस्तै कपिलवस्तु जिल्लामा विष सेवन गरि ६ झुडिए २४ जना रहेकोमा २० जना पूरुष र १० जना महिला रहेको प्रहरीको रेकडले देखाएको छ ।

गुल्मी जिल्लमा विष सेवनवाट ३ झुडिएर १६ डुवेर १ जनाले आत्म हत्या गरेकोमा ११ जना पुरुष र ९ जना महिला रहेका छन ।
अर्धाखाँची जिल्लामा विष सेवनवाट १ जना र झुडिएर ५ जना रहेकोमा पुरुष र महिला समान तीन तीन जना रहेका छन । दाङ जिल्लामा विष सेवनवाट १६ र झुडिएर ५६ जनाले आत्महत्या गरेकोमा पूरुष ३० र महिला ४२ जना रहेका छन ।

प्युठान जिल्लामा ६ पुरुष र ३ महिला गरि ९ जनाले आत्म हत्या गरेका छन । रुकुम पुर्वो जिल्लामा ४ जना महिलाले झुडिएर आत्म हत्या गरेका छन ।

रोल्पा जिल्लामा विष सेवनवाट ६ र झुडिएर ६ जनाले आत्म हत्या गरेकोमा ५ जना पुरुष र ७ जना महिला रहेको प्रहरीको रेकडवाट देखिएको छ । बाँके जिल्लामा ३ पुरुष र ७ महिलागरि १० जनाले आत्म हत्या गरेका छन । वर्दिया जिल्लामा १९ पुरुष र १० महिला गरि २९ जनाले आत्म हत्या गरेको ५ नम्बर प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्याको तथ्याङकलाई हेर्दा बढी पुरुष र त्यस्मा पनि २५ वर्ष देखि ४५ वर्ष बीचको उम्मेरका भएकाले आर्थिक समस्या, गरिवी घरयासी तनाव लगायतका कुरा हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहको छ ।

प्रदेश ५मा लकडाउन शुरु भएपछि आत्महत्या घटनाका २ सय ८२ वटा मुद्दादर्ता भएको पाँच नम्बर प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रवक्ता बैदवारले बताउनु भयो । प्रदेशमा आत्महत्या किन बढयो भन्नेवारे अनुसंन्धान गर्न जरुरी देखिएको छ ।