कमाइ गर्न गएकी छोरीको शव बुझ्दै बूढी आमा (फोटोेफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २४ जना नेपालीको शव आइपुगेको छ ।

देशभित्र भयावह बेरोजगारीका कारण जहान परिवार पाल्नका लागि विदेशिन बाध्य भएका २४ जना नेपालीको शव एकैदिन आइपुगेको छ ।

परिवार छोडेर विदेशिएका मृतकको शव बुझ्न केटाकेटी र वृद्ध आमाबुबा नै विमानस्थल सम्म आउने गरेको हृदयविदारक दृश्य नेपाली जीवनका लागि अब नौलो रहेन । शुक्रबारमात्र छोरी शव बुझ्न आएकी ७० काट्न लागेकी कोइकुमाया घलेको उपस्थितीले वातावरण नै पीडामय बनाएको थियो । छोरी सोनुको शव बुझ्न आएकी घले विक्षिप्त बनेकी थिइन् । सोनुका १८ वर्षका एक छोरा समेत रहेका छन् ।

तस्वीर : अनिल आङदेम्बे