सुदूरपश्चिम प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, धनगढी ।

सुदूरपश्चिम प्रदेशका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोटीका ४, कैलालीका ७, डडेल्धुराका ६ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण भेटिएको हो । डोटीको बडीकेदार गाउँपालिका १८, २०, २२ र २९ वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिकामा ४१ वर्षीया महिला र १६, २१, ५८ वर्षीय पुरुषमा कैलालीकै जानकी गाउँपालिका १९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यस्तै, कञ्चनपुर पुर्नवास नगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ ।