संविधानकाे संशोधित अंश हेर्नुहाेस


न्युज अफ नेपाल, काठमाडाैं स

नेपालको संविधान (दोस्रो संशोधन–२०७७) नेपाल राजपत्रमा प्रकाशन गरिएको छ।

संघीय संसद्का दुवै सदनबाट सर्वसहमतिबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।

लिम्पियाधुरा सहितको भूगोल समेटेर सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूचीमा परिवर्तन गर्न संविधान संशोधन गरिएको छ।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन(, २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ। प्रतिनिधिसभाले गत ३१ जेठमा र राष्ट्रियसभाले ४ असारमा सर्वदलीय सहमतिमा पारित भएको संविधान संशोधन हेर्नुहाेसः

नेपाल संविधान दोश्रो संशोधन, २०७७