देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौंः प्रधानमन्त्री


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेको बताउनुभएकाे छ । नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रम ओलीले उक्त कुरा बताउनुभएकाे हाे  ।

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा उहाँले अबको नयाँ पिँढीले देश विकास गर्ने बताउनुभयो ।

‘प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाललाई हामी गरिबीबाट सम्पन्तातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौं ।’

प्रधानमन्त्री ओलीले सरकार युवाहरु र बालबालिकाको साथमा रहेको भन्दै सरकारले लिएको उद्देश्य, बाटो र नीतिहरु स्काउटका उद्देश्यसँग मिल्दाजुल्दा रहेको पनि तर्क गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले देश कोभिड-१९ को विश्वव्यापी महामारीबाट प्रभावित भएको भन्दै यसपटकको स्काउट दिवस घरमै बसी अनलाइन प्रविधिमार्फत् मनाउन पनि आह्वान गर्नुभएकाे छ ।