गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, पाेखरा ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाग्लुङका मात्रै १४ जना छन्। सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जना, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख गरीएकाे छ ।