कामपाद्वारा रिभल्विङ फण्ड स्थापना गरी राजधानीका व्यवसायीलाई सहुलियत ऋण दिने घोषणा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कोरोना महामारीको कारण थला परेको व्यवसायलाई विशेष सहुलियत उपलब्ध गराउने भएको छ । कामपको आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रममा ब्यापार व्यावसायमा आएको अप्रत्यासीत मन्दीलाई दृष्टिगत गरी महागरभित्र सञ्चालित होटल, रेष्टुरेन्ट, सपिङमलहरु दिवा र रात्रीकालिन ब्यावसायलाई विशेष सहुलियत प्रदान गर्ने नीतिमा उल्लेख गरेको छ ।

कामपाको अहिले भैरहेको नगर सभा र सातौ अधिवेशनमा मेयर विद्यासुन्दर शाक्यले व्यपार र ब्यावसायीलाई सहुलियत दिन विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाले घरेलु र साना उद्योगमा परेको प्रभावलाई सम्बोधन गर्न सिभल्विङ फन्ड स्थापना गरी कार्यविधिको आधारमा सहुलियत ऋण प्रदान गर्ने बताउनुभयो ।

महामारी प्रतिकार्यको लागि अध्ययन, अनुसन्धान, आविश्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसंग सहकार्य गर्ने, कोभिड प्रतिकार्य योजना तयार गरी उपत्यकाका अन्य नगरपालिका संग सहकार्य गरी कार्यन्वयनमा लैजाने लगायतका विषय नीतिमा उल्लेख गरीएको छ । निति तथा कार्यक्रम जारी छ ।