पूर्वी नवलपरासीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको विभिन्न नगर र गाउंपालिकामा विहिबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु नगरपालिकामा सवै भन्दा बढी १७, गाउंपालिका मध्ये हुप्सेकोट ९, विनयी त्रिवेणीमा ४ र गैडाकोट नगरमा १ जनामा कोभिड १९ पुष्टि भएको हो ।

सम्वन्धित पालिकाले दिएको जानकारी अनुसार मध्यविन्दुको विभिन्न क्वारेन्टाईन बसेका भारतको मुम्वई, हैदराबाद, पन्जाव, ईन्दौर, चिप्लुड.ग र सिमलाबाट आएका पुरुषहरु संक्रमित रहेकाछन् ।

यसरी नै संक्रमित मध्ये हुप्सेकोट गाउंपालिको विभिन्न ३ क्वारेन्टाईका ९ जना पुरुष भारतको हिमाञ्चलबाट आएका १ र अन्य सवै मुम्बईबाट आएका थिए ।

विनयी त्रिवेणीमा संक्रमण देखिएका ४ पुरुष यहांको भानुदय, दीपेन्द्र र सूर्यज्योति विद्यालयको क्वारेन्टाईनमा भारतको दिल्लीबाट आई बसेको पालिका स्वास्थ्य प्रमुख धु्रव काफ्लेले बताउनु भयो ।

एकै दिन ठूलो संख्यामा क्वारेन्टाईन बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भए पछि संक्रमितहरुलाई सुरक्षा सतर्कताका साथ एम्बुलेन्स द्धारा आईसोलेशन पुर्याउने क्रम जारी रहेको छ