महामारीमा पनि नाइट क्लबको व्यापार जारी !

0
Shares

पोर्टल्यान्ड,(एजेन्सी) ।

अमेरिकाको अ‍ेरेगन राज्यको पोर्टल्यान्ड स्थित एउटा स्ट्रिप क्लबले कोरोना भाइरसको महामारीको दौरान पनि आफ्नो व्यवसाय जारी राख्न सफल भएको छ । दि लकी डेभिल लाउन्जले आफुलाई लकी डेभिल इटसमा परिणत गरेको छ ।

नृत्य , संगीत र भव्य प्कास संयोजन गरिएको यहाँ डान्सरहरुले खाना डेलिभर गर्ने गर्दछन् । घरैमा बस्ने कडा सरकारी आदेशपछि यसको मालिक सोन बोल्डले १७ मार्च देखि नयाँ तरिकाले व्यवशाय संचालन गरेको हुन् । उनले यसरी खाना सर्भ गर्न थालेपछि एक दर्जन कामदारलाई पुन जागिरमा फर्काएका थिए ।

हरेक दिन शरिरको तापक्रम नापेर तिनीहरुले मास्क र पन्जा लगाएर काम गर्ने गरेका छन् । रेस्टुरेन्ट भित्रै सम्म कारमा खाना लिन आउनेहरुलाई नर्तकहरुले मधुरो संगीतमा नाचरे मनोरन्जन दिने गरेका छन् ।