एउटै नम्बरको दुईवटा चिठ्ठाबाट दस लाख डलर पुरस्कार

0
Shares

न्युयोर्क,(एजेन्सी ) ।

अमेरिकाको कोलराडोका एकजना मानिसले एकै दिनमा एउटै नम्वरका चिठाको टिकटबाट दस लाख डलर पुरस्कार जितेका छन् ।

जोए बि नामक ति पुरुषले २५ मार्चको बिहान र राति गरी केहि चिठा खरिद गरेका थिए । उनले संधै खेलने गरेका अंकमा किनेका चिठाबाट उनलाई दुइृवटा पावरवल ज्याकपट परेको हो । उनले मेल मार्फत आफुले जितेको दावी गर्दै कोलराडोको चिठा कार्यालयमा गएर कोभिड १९ को महामारी वावजुद पनि उक्त धनराषि हासिल गर्न सक्ने भएका छन् ।