५२ वटा चिनियाँ ऐपमाथि प्रतिबन्ध लगाउँदै भारत

0
Shares

एजेन्सी ।

चीन र भारतबीच काश्मिरको लद्दाखमा भएको झडपका कारण भारतले ५२ वटा चिनियाँ ऐपमाथि प्रतिबन्ध लगाउने जनाएको छ ।

भारतको एक एजेन्सीले उक्त ऐपको सूची बनाएर सरकारलाई बुझाएको भारतीय सञ्चारमाध्यम आज तक ले जनाएको छ । अहिले चर्चामा रहेको टिकटक, जूम, शेयर इट जस्ता ५२ चिनियाँ ऐप प्रतिबन्ध लगाइने जनाइएको छ ।