यी जिल्लामा कोरोना संक्रमण भेटिएको छैन


न्युज अफ नेपाल, काठमाडौं ।

हालसम्म कोरोना संक्रमित नभेटिएको मनाङमा पनि कोरोना पुष्टी भइको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत ५७ वर्षका एक कर्मचारीमा कोरोना पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।

संक्रमित ती कर्मचारीको स्थायी ठेगाना भने बाणगंगा–१४ कपिलबस्तु हो ।

योसँगै कोरोना संक्रमण फैलिने जिल्लको संख्या ७४ पुगेको छ । सातै प्रदेशका ७४ जिल्लामा कोरोना फैलिएको हो ।

मनाङमा पनि कोरोना संक्रमण फेला परेपछि अब कोरोना नफैलिएका जिल्ला तीन वटा मात्र रहेका छन ।

मुस्ताङ, रसुवा र ओखलडुङ्गामा हालसम्म कोरोना संक्रमण फैलिएको छैन ।