नवलपरासी पूर्वमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।मध्यविन्दु नगरपालिकामा १७ र गैडाकोटका १ जनामा विहिबार कोभिड १९ देखिएको हो ।

संक्रमितहरु सवै पुरुष रहेकाछन् । संक्रमितहरु १८ देखि ४५ वर्ष उमेर समूहरका रहेको र उनी सवै जना भारतबाट आई विभिन्न क्वारेन्टाईनमा बसिरहेका थिए ।

यसै गरी पोखरामा गरिएको स्वाव परीक्षणमा मध्यविन्दुका १७ जनामा एकै पटक कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।संक्रमितहरुलाई प्राकृतिक चिकित्सालयको आईसोलेशन रजहर लैजाने तयारी भएको सम्वन्धित नगर स्वास्थ्य प्रमुखहरुले बताएकाछन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या २ सय ८९ पुगेको छ भने पूर्वी नवलपरासीमा ८४ जना कोरोना संक्रमित भएकाछन् ।जिल्ला गत विवरण हेर्दा नवलपरासी पूर्वको गैडाकोट नगरपालिकामा ५, कावासोतीमा ६ , मध्यविन्दुमा २२, देवचुलीमा ८ जना संक्रमित छन् ।

यसरीनै गाउपालिकामा हुप्सेकोटमा २३ जना, बौदिकालीमा १३, विनयी त्रिवेणीमा ६ र बुलिड.टारमा १ जनामा कोभिड १९ पुष्टि भएको छ ।जिल्ला सामुदायिक प्रकृतिक चिकित्सालय रजहर आईसोलेशनमा ७५ जना कोभिड १९ संक्रमित विरामीहरु रहेकाछन् ।