थप ४२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुग्यो

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संकूमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनएको छ ।

मनाङमा पहिलोटक कोरोना भेटिएका संक्रमित चामे गाउँपालिकाका कर्मचारी हुन् । यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।