प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरिक्षक खनालद्वारा दार्चुलाको उत्तरी सिमा अनुगमन

0
Shares

किरण धामी,दार्चुला ।

प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी सिमा क्षेत्रको अनुगमन निरिक्षण गर्नु भएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत बुधबार बिहान दार्चुला पुग्नु भएका प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरिक्षक खनालले भारत संग सिमा जोडिएको ब्याँस गाउँपािलका‐१ छाङ्गरु पुगेर सिमा क्षेत्रको स्थलगत अनुगमन निरिक्षण गर्नु भएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिनुभयो ।

यस्तै प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरिक्षक खनालले गत वैशाख ३१ गते ब्याँस‐१ छाङ्गरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी र नेपाली सेनाले निर्माण गरिरहेको ब्याँस‐२ घाटीबगडको घोरेटो बाटोको अनुगमन निरिक्षण गर्नु भएको उहाले बताउनुभयो । सेनाले नेपालको बाटो भएर ब्याँस क्षेत्र जानका लागी घाटीबगड क्षेत्रमा घोरेटो बाटो निर्माण गरिरहेको छ ।

विगत ४/५ हप्ता अघिदेखी निर्माण कार्य सुरु गरेको सेनाले १ सय मिटर बाटो निर्माण गरिसेको गुल्मपति थापाले बताउनुभयो ।
असार मसान्त सम्ममा निर्माण गरि सक्ने जिम्मेबारी पाएको सेनाले थप ३ सय ५० मिटर बाटो निर्माण गर्न बाकी रहेको उहाले जानकारी दिनुभयो ।

प्रधान सेनापति थापा र सशस्त्र प्रहरी महानिरिक्षक खनालले जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु संग सुरक्षाका विषयमा छलफल समेत गरेको उहाको भनाई छ । बिओपीको अनुगमन निरिक्षण गरी दार्चुलाको खलंगा फर्केका महानिरिक्षक खनालले छाङ्गरुका स्थानियले बिओपी स्थापना पछि सुरक्षित महसुस गरेको प्रतिक्रिया दिनु भएको छ ।

साथै सशस्त्र प्रहरी महानिरिक्षक खनालले छाङ्गरुमा बाह्रै महिना सशस्त्र प्रहरी राख्न भौतिक संरचना निर्माणको प्रक्रिया सुरु भएको बताउनु भएको छ ।निकट भविष्यमै दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गण र ब्याँसको छाङ्गरुमा गुल्म स्थापना गरी भारत संग सिमा जोडिएका सबै जसो सिमानाकाहरुमा बिओपी राख्ने सशस्त्र प्रहरीको कार्योजना रहेको उहाको भनाई छ ।

सशस्त्र प्रहरीले दार्चुलाको लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवि र ब्याँसको दुम्लीङमा बिओपी राख्ने तयारी गरिहेको उहाले बताउनुभयो । सशस्त्र प्रहरीले दार्चुलामा भारत सँग सीमा जोडिएका १ सय २५ किलोमिटर र चीन सँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको महानिरिक्षक खनालले बताउनुभयो ।

‘सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी रातदिन खटिरहेको छ उहाँले भन्नुभयो ।’
यसैबिच महानिरिक्षक खनालले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको नव निर्मित दुई तले भवनको उद्घाटन गर्नु भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न भवनको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । भवन उद्घाटनमा पुगेका महानिरिक्षक खनालले सिमा रक्षाका साथै सशस्त्र प्रहरीले पाएका अन्य जिम्मेबारी पुरा गर्न निर्देशन समेत गर्नु भएको छ ।

फोटो : दार्चुलाको ब्याँस गाउँपालिका‐२ घाटीबगड स्थित नेपाली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो ।