आज थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या ७ हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका कोरोना संक्रमितहरुमध्ये ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।