प्रधान सेनापति र शसस्त्रको आईजीपी कालापानीमा


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुगेका छन् ।

कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरी उद्घाटन गरेपछि बैशाख ३१ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाले बिओपीको उद्घाटन गरेका थिए ।

यतिबेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु सीमा निगरानी चौकी सञ्चालनमा ल्याइएपछि सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् ।

उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ ।  ।