आरडिटी रिपोर्ट पोजेटिभ आएको भन्दै एक पुरूषद्वारा देह त्याग


अर्घाखाँचीको एक क्वारेन्टिनमा बसेका एक पुरुषले पासो लगाएर आत्महत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नं ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले पासो लगाएर ज्यान गएकाे हाे ।

उनले बुधवार विहान क्वारेन्टिन रहेको  खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएको जनाइएको छ । उनी गएको जेठ १० गते भारतबाट आएका थिए ।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार भारतबाट आए लगत्तै क्वारेन्टिनमा बसेका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । तर पिसिआर रिपोर्ट भने आउन बाकीँ रहेको थियो ।  पीसी आर गरिएको तर अझै रिपोर्ट नआएकाले प्रहरीले शव चलाएको छैन ।