कोरोना परीक्षण ल्याब विस्तार


काठमाडौं, (नेस)

नेपालमै कोरोना संक्रमण परीक्षणका लागि २२ वटा ल्याब विस्तार गरिएको छ । कोरोना संक्रमणको पहिलो केश पहिचान गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा सम्भव नभएकाले विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङमा लगेर परीक्षण गरिएको थियो ।

शुरुका दिनमा एउटा मात्र ल्याब त्यसमा पनि कोरोना परिक्षणको क्षमता शून्य थियो । अहिले दिनको ५ देखि ६ हजारको हाराहारीमा आरटी पीसीआर परीक्षण २२ वटा ल्याबबाट भइरहेको र हुँदै नभएको अवस्थामा यति विस्तार हुनु राम्रो कुरा हो र अझ ल्याब विस्तार गर्नुपर्ने भएकाले अभियान शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो ।

यतिबेला नेपालमा कोरोना संक्रमणले ७३ जिल्ला छोइसक्यो ल्याबको विस्तार १७ जिल्लामा भएको छ । शून्यबाट शुरु भएको कोरोना र ल्याबको गति कोरोनाले जित्दै छ । यसमा काठमाडौंमा ४ वटा, ललितपुरमा १ र काभे्रमा १ ल्याब गरी ६ वटा काठमाडांै नजिकै छन् ।

त्यसै गरी पोखरामा २, विराटनगरमा २ रहेका छन् भने अन्य जिल्लामा १२ वटा ल्याब रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई हेर्दा ल्याब विस्तारसँगै दक्ष जनशक्ति पनि विस्तार गर्दै लैजानुपर्ने अवस्था रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयले सूचना जनमानसमा सूचना दिन र लिनका लागि सहजताका लागि वेभसाईड, दुईवटा कलसेन्टर, भाइबर, मोबाइल एप्सलगायत, सूचना संम्पे्रषणका लागि प्रवक्तामार्फत देनिक ४ बजेर १५ मिनेट जाँदा मिडिया ब्रिफिङ गर्ने र आवश्यकताअनुसार ईमेल, टेलिफोन सम्पर्कमा पनि जानकारी गराउँदै आएको डा.गौतमले जानकारी गराउनुभयो ।