पहिरोले विद्यालय बगायाे


न्युज अफ नेपाल, ताप्लेजुङ ।

पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ ।

विद्यालयभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर, १ सय जोर थालबटुको र भाँडाकुडा समेत बगाएको छ।

त्यस्तै, पहिराले स्थानीय फुलबहादुर तामाङको सुँगुर, बाख्राको खोर र भक्त लाबुङको किचन र सुँगुरको खोरसमेत बगाएको खतिवडाले बताए । त्यसै ठाउँमा घर भएका गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार गाउँ पसेको पहिरोले मकैबारीमा ठूलो क्षति पुगेको छ । मानविय क्षतिको भने जानकारी नआएको प्रहरीले जानकारी दिएकाे छ ।

मंगलबार रातिको वर्षाका कारण पहिराे आएको थियाे । सो स्थानमा गतवर्ष पनि पहिरो गएको थियो ।